Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरहेनन् टाटा सन्सका पूर्वअध्यक्ष साइरस

रहेनन् टाटा सन्सका पूर्वअध्यक्ष साइरस


नयाँ दिल्ली । टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको मुम्बईनजिकै भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।

पालघर प्रहरीका अनुसार मिस्त्री अहमदाबादबाट मुम्बई जाँदै गर्दा उनको कार डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। कारमा चार जना सवार थिए । मिस्त्रीसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)की सांसद सुप्रिया सुलेले ट्विटरमा लेखेकी छिन्, ‘अत्यन्तै दुःखद खबर । मेरा भाइ साइरस मिस्त्रीको निधन भएको छ । विश्वास गर्न सकिरहेको छैन । आत्मले शान्ति पाओस् साइरस ।’

आरपीजी इन्टरप्राइजेजका अध्यक्ष हर्ष गोयन्काले पनि मिस्त्रीको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘साइरस मिस्त्रीको दुर्घटनामा निधन भएको खबर सुन्दा निकै दुःख लागेको छ। उहाँ एक मित्र, एक सज्जन मानिस हुनुहुन्थ्यो’, उनले भने ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया