९३औँ जन्मदिनमा अन्तरिक्षयात्रीको बिहे
अमेरिका । अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमिका डा. अन्का भी फौरसँग विवाह गरेका छन् । सानो पारिवारिक जमघटका बीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । गत शुक्रबार उनले विवाह गरेको एजेन्सीहरुले जनाएका छन् सामाजिक सञ्जालमा धेरैले नवदम्पतीको तस्बिर ‘पोष्ट’ गरेका थिए । प्रेमीप्रेमिका भाग्ने उमेरका युवायुवतीजस्तै आफूहरू आल्हादित भएको उनले उल्लेख गरेका छन् ।
अन्तरिक्षयात्री निल आर्मस्टङसँगै एपोलो ११ मा चन्द्रयात्रा गरेका एल्डरिनले सन् १९६९ को जुलाई २० मा आर्मस्टङसँगै चन्द्रमाको सतहमा पाइला राखेका थिए । चन्द्रमामा मानव पु-याएर सुरक्षितरूपमा उनीहरूलाई पृथ्वीमा फर्काउने तत्कालीन राष्ट्रपति जोन एफ् केनेडीको वाचा उनीहरूले पूरा गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया