एफटीएक्सका साम बेन्कम्यानले चिनियाँ अधिकारीलाई घुस खुवाएको आरोप
अमेरिका । केही समयअघि ऋणमा डुबेको क्रिप्टो कम्पनी एफटीएक्सका साम बेन्कम्यान फ्रायडमाथि चिनियाँ सरकारी अधिकारीलाई घुस खुवाएको आरोप लागेको छ ।
बीबीसीका अनुसार अमेरिकामा उनीविरुद्ध नयाँ अभियोग लगाइएको हो । अमेरिकी अभियोजकहरुले सामले चार करोड डलर घुस दिन मञ्जुरी दिएको अभियोग लगाएका छन् । चिनियाँ सरकारले फ्रिज गरेका आफ्ना व्यापारिक खातामा पहुँचका लागि उक्त रकम घुस खुवाएको आरोप छ ।
एफटीएक्स गत वर्ष ऋणमा डुबेको थियो । सामविरुद्ध अमेरिकामा ठगी गरेको आरोप छ । बेन्कम्यानले भने आफूमाथिका अभियोग अस्वीकार गर्दै आएका छन् । उनी अहिले क्यालिफोर्नियामा रहेको आफ्नै घरमा बन्दी जीवन बिताउँदै मुद्दाको सुनुवाइ पर्खिरहेका छन् ।
उनको व्यापारिक कम्पनी अलामेदाको एक अर्ब डलरबराबरको क्रिप्टोकरेन्सी चिनियाँ सरकारले फ्रिज गरेपछि उनले त्यसमा पहुँच पाउन घुस खुवाउन मञ्जुरी दिएको पछिल्लो अभियोग लागेको हो । ट्रान्सफर गरेपछि उक्त अकाउन्ट अहिले खुल्ला भइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
- सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता
- टोखामा ‘मिनी हाइपर मार्ट’ सञ्चालन
- श्रीलंकामा तीन वर्षपछि ब्याजदर कटौती गर्ने घोषणा
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया