Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदबायर लेभरकुजन र एटलान्टा युरोपा लिगको फाइनमा

बायर लेभरकुजन र एटलान्टा युरोपा लिगको फाइनमा


काठमाडौं । जर्मन क्लब बायर लेभरकुजन र इटालियन क्लब एटलान्टा यूईएफ युरापा लिगको फाइनमा प्रवेश गरेका छन् । गत राति भएका खेलमा लिभरकुजनले रोमासँग बराबारी खेल्दै अन्तिम दुई स्थान बनाएको हो भने एटलान्टाले मार्सेलीमाथि सहज जित हासिल गर्दै अन्तिम दुई को यात्रा तय गरेको हो ।

गेविस स्टेडियममा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा पाहुना टोली मार्सेलीलाई ३–० पराजित गर्दै एटलान्टा उपाधिनजिक पुगेको हो । यो जितसँगै समग्रमा एटलान्टा ४–१ ले विजयी भयो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । एकपक्षीय बनेको खेलको ३०औँ मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै एटलान्टलाई शुरूआती अग्रता दिलाएका थिए ।

५२औँ मिनेटमा म्याथ्यु रुगेरीले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा बिलाल टुरेले गोल गर्दै एटलान्टालाई ३–० ले विजयी बनाए ।

त्यस्तै गए राती नै सम्पन्न भएको अर्को खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जर्मन क्लब बायर लेभरकुजन यूईएफ युरोपा लिगको उपाधिनजिक पुगेको छ ।  बेएरेनामा शुक्रबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रोमालाई २–२ गोलको बराबरीमा रोक्दै लेभरकुजन फाइनलमा पुगेको हो ।

पहिलो लेगमा लेभरकुजन २–० गोल अन्तरले विजयी भएको थियो । लेभरकुजन समग्रमा ४–२ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुगेको हो । खेलको ४३ औँ मिनेटमा लिआन्ड्रो परेडेसले पेनाल्टीमा गोल गर्दै रोमालाई शुरूआती अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा उनले नै पेनाल्टीमा दोस्रो गोल गरे ।

तर, निर्धारित समय सकिन ८ मिनेट बाँकी रहँदा रोमाका जियानलुका म्यानसिनीले आत्माघाती गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा जोसिप स्टानिसिकले गोल गर्दै लेभरकुजनलाई खेलमा फर्काउँदै २–२ मा रोक्न सफल भए ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया