Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबालुवासहित पक्राउ परेका चार जना जनही १८ हजार धरौटीमा छुटे

बालुवासहित पक्राउ परेका चार जना जनही १८ हजार धरौटीमा छुटे


सुबास बस्नेत
दोलखा, भदौ २४
गत भदौ १५ गते साँझ उत्तरी दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोसी नदी किनाराबाट गैरकानुनी रूपमा बालुवा उत्खनन् गरेको आरोपमा पक्राउ परेका ४ जनालाई ७५ हजार धरौटीमा छाडिएको छ । पक्राउ परेका ४ जनाले ७५ हजार पाँच सय २० रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को कसुरअनुसार जनही १८ हजारभन्दा बढी धरौटी माग गरिएको र पक्राउ परेका ४ जनाले कुल ७५ हजार पाँच सय २० रुपैयाँ धरौटी बुझाएको गौरीशंकर संरक्षण क्षेत्र चरीकोटका सूचना अधिकारी शिवलाल गैरेले जानकारी दिए ।

कानुनअनुसार तामाकोसी नदीमा असारदेखि भदौ मसान्तसम्म बालुवा उत्खनन् गर्न निषेध गरिएको अवस्थामा बालुवाको अवैध उत्खनन् गर्दै गरेको अवस्थामा ४ ट्याक्टरसहित ४ जना पक्राउ परेका थिए । गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्राधिकारभित्र पर्ने लादुकको ओलीटारस्थित तामाकोसी नदीबाट लोड गरिएको ट्याक्टरसहित पक्राउ परेका नविन श्रेष्ठलाई १८ हजार चार सय ८०, सदिल श्रेष्ठलाई १८ हजार सात सय २०, छत्रबहादुर जिरेललाई १८ हजार सात सय २० र रामेछापका जीवन कार्कीलाई १८ हजार छ सय रुपैयाँ धरौटी तिर्न लगाइएको सूचना अधिकारी गैरेले जानकारी दिए ।

चालकलाई सो धरोटीमा छुटेका भए पनि लु ३ त ५१८६, लु ६ त २९५०, लु ३ त ९२६१ र लु ३ त ९७०३ नम्बरको ट्याक्टर अझै संरक्षण क्षेत्रको नियन्त्रणमा नै रहेको गैरेले बताए । पक्राउ परेकाहरू धरौटीमा मात्र छुटेका र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ उपदफा १(च) को कसुर गरेको अभियोगमा अनुसन्धान भइरहेको गैरले बताए । सो दफाअनुसार बिगोबमोजिम वा बिगोको दोब्बर जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x