Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएसियन कोअपरेसन डाइलगको अन्तर्राष्ट्रिय सम्मेलनमा महासंघ सहभागी

एसियन कोअपरेसन डाइलगको अन्तर्राष्ट्रिय सम्मेलनमा महासंघ सहभागी


काठमाडौं ।
टर्कीमा बुधबारदेखि आयोजना भएको उद्योग वाणिज्य संघहरूको पहिलो भर्चुअल अन्तर्राष्ट्रिय सम्मेलनमा एसियन कोअपरेसन डाइलगको सदस्य राष्ट्रहरूको परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको सत्रौँ बैठकमा नेपाल उद्योग वाणिज्य महासंघले सहभागिता जनाएको छ ।

उक्त बैठकमा महासंघको तर्फबाट महासंघको द्विराष्ट्रिय तथा एनआरएन समन्वय फोरमका सभापति एवं महासंघको कार्यकारिणी समितिका सदस्य ई. देशबन्धु बस्नेत(अजित)ले भाग लिई सम्बोधन गरेका थिए । उक्त मन्त्रीस्तरीय बैठकको साइडलाइन बैठकको रुपमा बुधबार युनियन अफ चेम्बर्स अफ कमर्स एण्ड कमोडिटी एक्सचेन्ज अफ टर्कीले आयोजना गरेको पहिलो भर्चुअल अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी हुन नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत महासंघलाई आमन्त्रण भएअनुसार महासंघले उक्त कार्यक्रममा सहभागिता जनाएको हो ।

उक्त कार्यक्रमको द इकोनोमिक स्टेट अफ प्ले इन द एसियन कोअपरेसन डाइलग मेम्बर्स कन्ट्रिज विषयक राउण्ट टेबल बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सभापति बस्नेतले एसियाका मुलुकहरुबीच यातायात संयन्त्रको विकास, नीतिगत एकरुपताको आवश्यकतामा जोड दिँदै नेपालमा व्यवसाय तथा लगानीका सम्भावना तथा आकर्षणबारे प्रकाश पार्दै नेपालमा लगानीका लागि आग्रह गरेका थिए । उक्त सम्मेलनलाई टर्कीका वाणिज्य तथा युनियन अफ चेम्बर्स अफ कमर्स एण्ड कमोडिटी एक्सचेन्ज अफ टर्कीका अध्यक्षले सम्बोधन गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया