Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबोटलर्स नेपाललाई अवार्ड

बोटलर्स नेपाललाई अवार्ड


काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणीअन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड’बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६/०७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो ।

बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत वर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उपविजेताको रुपमा पुरस्कृत गरेको थियो । कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणामको रूपमा स्थापित रहेका छन् । बोटलर्स नेपाल (तराई) लिमिटेडको विश्वास छ कि उपभोक्ताहरु, आपूर्तिकर्ताहरु, र सेयरधारकहरुसहित सबै सरोकारवालाहरुसँग सम्बन्ध बनाइराख्नु निकै महत्वपूर्ण छ ।

२०२० को लागि बीपीए अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुवै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण हो । यही भदौ १३ मा आईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्ड सम्मानित इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईसीएएन) का अध्यक्ष सीए मदन शर्माले राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया