Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्वालिटी इन्टरटेनमेन्ट अवार्डका मनोनयनलाई प्रमाणपत्र प्रदान

क्वालिटी इन्टरटेनमेन्ट अवार्डका मनोनयनलाई प्रमाणपत्र प्रदान


काठमाडौं । क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा उत्कृष्ट मनोनयनमा पर्नेहरूलाई काठमाडौँमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । २०७८ सालको दशैँ छेका पारेर यो अवार्ड आयोजना गर्न लागिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, चलचित्र निर्माता निर्देशक नरेश पौड्याल, गायक शिव परियारसहित विभिन्न अतिथिहरूले काठमाडौंमा एक समारोहबीच क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा मनोनयनमा परेकाहरूलाई प्रमाणपत्र प्रदान गरेका हुन् । चलचित्र, गीत, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । यो अवाडको अहिले गीत संगीतअन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानि मिश्रणजस्ता विधामा मनोनयनमा परेकाहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै म्युजिक भिडियोअन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाकार, सम्पादकजस्ता विधामा अवार्ड प्रदान गरिँदै छ । यिनै विधाको मनोनयन सूची क्वालिटी फिल्मले तीन दिनअघि बुधबार सार्वजनिक गरेको थियो ।

यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७५ र २०७६ सालका फिल्महरूको मनोनयनमा परेकाहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ । जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाकार, सम्पादक, रंग संयोजक, संगीतकार, भीएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजरजस्ता विधामा मनोनयनमा परेकाहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रो लहरको कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउन आफूहरूले यो अवार्ड आयोजना गरेको क्वालिटी फिल्म्सका अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले कार्यक्रममा बताए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया