Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयातायात कार्यालय जगातीबाट राधेराधे सार्न लागिएपछि विरोध

यातायात कार्यालय जगातीबाट राधेराधे सार्न लागिएपछि विरोध


भक्तपुर । भक्तपुरको जगातीमा सञ्चालनमा रहेर सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरणकार्य गर्दै आएको ‘यातायात व्यवस्था कार्यालय’ थिमिस्थित राधेराधे माइक्रोबस पार्कमा सार्ने भएपछि विरोध भएको छ ।

यातायात व्यवस्था कार्यालय जगातीको प्राङ्गणमा आइतबार स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक चलखेलका कारण नयाँ कार्यालय प्रमुख आउनेबित्तिकै कार्यालय सार्न लागिएको आरोप लगाएका छन् । सूर्यविनायक नगरपालिका–८ जगाती भक्तपुरमा २०७३ माघ २ गतेबाट सञ्चालनमा रहेको ‘यातायात व्यवस्था कार्यालय’ पाँच वर्षपछि राधेराधेस्थित माइक्रोबस पार्कमा रहेको भूकम्प अगाडि बनेको पुरानो घरमा सर्न लागेको हो । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक लक्ष्मी कार्कीले कार्यालयका प्रमुख नेत्र भट्टराईसँग घरभाडा सम्झौता नवीकरणमा आर्थिक लेनदेनको कुरा नमिलेपछि विनासूचना र कोटेसन समेत आह्वान नगरी कार्यलय सार्न लागिएकोले शंका उत्पन्न भएको बताए । कार्यालयले कुनै पनि नयाँ घरमा जानुअगाडि निश्चित समय तोकेर सार्वजनिक सूचना जारी गर्नुपर्नेमा कुनै सूचना नै जारी नगरी एकलौटीरुपमा भाडा मूल्यांकन समितिलाई समेत प्रभावमा पारेर अनुपयुक्त घरमा कार्यालय सार्न लागिएको उनको आरोप छ ।

कार्यालय सार्न खोजेको घर भूकम्पअगाडि बनेको, साँघुरो घर, मापदण्डभन्दा साना कोठा एवं भ-याङ रहेको, पर्याप्त पार्किङ तथा खुला ठाउँ नभएको र सेवाग्राहीका लागि उपयुक्त नहुने साँघुरो ठाउँमा रहेको उनको भनाइ छ । मध्यपुरथिमिको राधेराधे (वाग्मति आयल स्टोर) पछाडि नै एक रोपनी जग्गामा ट्रलिबस कार्यालयको एकतले भवन र जग्गा हुँदाहुँदै त्यो जग्गामा समेत कार्यालय नसारी विधि र प्रक्रिया समेत पूरा नगरी कार्यालय सार्न लागिएको उनले बताए । कार्यालय प्रमुख भट्टराई, सोही कार्यालयका अधिकृत छैटौँ प्रशासन शाखाका गोविन्द शिवाकोटी र कृष्ण निरौलासमेतको मिलेमतोमा आर्थिक चलखेलकै कारण घरभाडा मूल्याङ्कन समितिलाई समेत गलत निर्णय गर्न लगाएको लेखापढी व्यवसायीको आरोप छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x