Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउदयपुरको गाईघाटमा निःशुल्क स्वास्थ्यशिविर

उदयपुरको गाईघाटमा निःशुल्क स्वास्थ्यशिविर


काठमाडौं । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा उदयपुरको गाईघाट त्रियुगा हाईस्कुलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । यस शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट तीन सयभन्दा बढी महिलाले सहभागिता जनाएका थिए ।

स्वास्थ्यशिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वास्थ्यशिविरको उद्घाटन गर्दै यस्तो नोबेल र मानवीय कार्यका लागि गैरआवासीय नेपाली संघलाई धन्यवाद दिएका थिए ।

स्वास्थ्यशिविरको संयोजन स्वास्थ्य समितिका सभापति डा. सञ्जीव सापकोटाले गरेका थिए भने महिलाहरुको जाँच गर्ने विज्ञहरुमा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही थिइन् । नर्भिक अस्पतालका नर्सिङ निर्देशक डा पुनम केसी, उदयपुर जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अमृत कर्णले परीक्षणका दौरान सक्रियताका साथ सहयोग गरेका थिए ।

उदयपुर जेसिसकी साबु थापाको सहयोगमा स्वास्थ्य शिविरको तयारी र व्यवस्थापन गरिएको थियो । शिविरमा गाईघाटका फर्मासिस्ट ब्रम्हदेव महतो र त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सुमन्त कोइरालाको पनि उपस्थिति थियो । स्वास्थ्य शिविरको बारेमा समुदायले राम्रो प्रतिक्रिया दिँदै यसपटक सहभागी हुन नसकेका महिलाले स्वास्थ्य लाभ लिनसक्ने गरी यस्तो शिविर दोहो¥याउनुपर्ने बताएका थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x