Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सहकार्य

ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सहकार्य


काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई), टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन् ।

यस कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने हो, जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पु¥याउनेछ । यसले क्षेत्रीय र विश्वबजारमा नेपालको आर्थिक प्रतिस्पर्धा बढाउनेछ । परिसंघका अनुसार ग्रोथएक्स एभरेष्ट एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो । यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्टअपहरूलाई स्केलिङ अप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्नेछ । परिसंघ र परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइनेछ । यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ । साथै नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्ने बताइएको छ । यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने परिसंघको विश्वास छ ।

स्टार्टअप रेसोले भारतमा बुट क्याम्प र एक्सेलेटर कार्यक्रममार्फत विगत नौ वर्षमा आठ सयभन्दा बढी स्टार्टअपहरूलाई लगानी गर्दै १२ हजार बढीलाई प्रत्यक्ष रुपमा रोजगारी सिर्जनामा सहयोग गरेको छ । यस्तै ४० भन्दा बढी एक्सेलेटर स्थापना, नवीनतम रोजगारी सिर्जनामा सहयोग गर्दै एक करोड ३० लाख डलरबराबर राजस्व, अनुदान र प्रयोजनमा सहयोग पु¥याएको जनाएको छ । सहकार्य सम्झौता गरेपछि टिम भेन्चर्सका सीईओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअपहरुको व्यवसायलाई माथि उठाउन प्रोत्साहन एवं सहयोग गर्न सीएनआई, सीएनआईवाईईएफजस्ता साझेदार पाउँदा खुसी भएको बताए । ‘एक लगानीकर्ताको रूपमा हाम्रो वास्तविक चुनौती हाम्रो पहिलो चेक जारी गरेपछि सुरु हुन्छ’, उनले भने, ‘कम्पनीहरूलाई तिनीहरूको रणनीतिक पहलहरू कार्यान्वयन तथा तिनीहरूको सञ्चालन सुधार र सही बजार पहुँच बढ्दो व्यापारको पूर्वशर्तहरू हुन् । एकै पटक यी चुनौतीहरु हटाउन गाह्रो छ । यस पहलका साथ हामी स्टार्टअपहरुको व्यवसायलाई माथि उठाउन सहयोग गर्नेछौँ ।’

ग्रोथएक्स एभरेष्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सेलेटर कार्यक्रमहरूभन्दा फरक पहल भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले बताइन् । यो कार्यक्रम क्रस बोर्डर मेन्टरशिप, नेटवर्किङ र विस्तारमा केन्द्रित रहेको उनको भनाइ थियो । स्टार्टअप रेसोका संस्थापक तथा सीईओ अजय रामसुब्रह्मण्यमले आर्थिक विकासको नेतृत्व पहिलो पुस्ताका उद्यमीहरूले गर्ने बताए । बजार सान्दर्भिक स्टार्टअप कार्यक्रमहरू निर्माण गर्न समान विचारधारा भएका संस्थाहरूसँग आफूहरुले साझेदारी गर्ने गरेको उनको भनाइ थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x