Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल२१ करोडको अस्पताल भवन चार महिनामै चर्कियो

२१ करोडको अस्पताल भवन चार महिनामै चर्कियो


सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको नयाँ भवन उद्घाटन गरिएको चार महिनामै चर्किएको छ । सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण गरेर गत साउन २५ गते मात्रै उद्घाटन गरिएको उक्त भवन करिब चार महिनामै चर्किएको हो ।

भवनको अगाडिपट्टिको उत्तरतर्फको भागबाट चिरा पर्न थालेकोे छ । उद्घाटन भएको चार महिनामै भवन चर्किन थालेपछि निर्माण कम्पनीको गुणस्तरीयतामै प्रश्न खडा भएको छ । अस्पतालको ३० शय्याको उक्त सुविधासम्पन्न भवन विसं २०७६ पुस २७ गतेबाट निर्माण कम्पनी विकोई रौता जेभीले निर्माण सुरु गरी गएको असार २५ गते अस्पताललाई हस्तान्तरण गरेको थियो ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिल्लारीले ५४ वर्षअघि स्थापना गरेका फाप्लु अस्पताल करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमध्ये नवनिर्मित भवन सात रोपनी क्षेत्रफलमा बनेको अस्पताल प्रशासनले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x