Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो ।

तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यावसायिक वृद्धिका लागि फलदायी हुने अपेक्षा गरे । सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेको सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको अध्यक्ष मल्लको भनाइ छ । विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकास राज्यको पनि प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए । सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीयतह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तालिममा सहभागी इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र कमिटी समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवर्द्धन, वेबसाइट डिजाइनलगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिए । लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष जलानले अनलाइन व्यवसायलाई प्रवद्र्धन गर्न उद्यमी महिलालाई तालिम दिन लागिएको बताए । अनलाइन एपको विकाससँगै लेखासम्बन्धी तालिम समेत दिइने उनको भनाइ छ । तालिमसम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि एक वर्षसम्म सञ्चालन हुने जलानले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x