Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण

बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण


काठमाडौं । बलिउड अभिनेता विवेक ओवरायले अन्नपुर्ण केबलकारको भ्रमण गरेका छन् । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवारसहित केबलकारको भ्रमण गरेका हुन् ।

पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदिदेखि साराङ्कोटसम्म उनीहरुले यात्रा गरेका थिए । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दृश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए । अभिनेता ओवरायलाई अन्नपूर्ण केबुरकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए ।

करिब एक वर्षअघि पोखराको सेदिदेखि साराङ्कोटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तव्य बनेको छ । केबलकार बिहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुँदा साराङकोटबाट सूर्याेदय हेर्न जाने पर्यटकका लागि समेत सहज भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x