Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल

बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसँग छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाइ पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो ।

नेपाल बंगलादेशबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको सम्बन्धमा दुई राष्ट्रबीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योगलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको जानकारी दिए । साथै उनले यसको प्रभावकारी कार्यन्वयनसँगै लगानीका लागि समेत आह्वान गरेका छन् । बंगलादेशमा सडक सञ्जालसँगै हवाइ सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बंगलादेशसँग नेपालको व्यापारघाटा उच्च रहेको सन्दर्भमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका वस्तुहरुको खोजी गर्नुपर्ने बताए । नेपालले ऊर्जा व्यापारमार्फत व्यापारघाटा कम गर्नसक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युत्मा लगानीका लागि मल्लले आग्रह गरे ।

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुईपक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापारसम्बन्धी सम्झौता भए पनि यसको व्यावहारिक कार्यान्वयन हुनसकेको छैन । चेम्बर अध्यक्ष मल्लले विद्युत् व्यापारको सहजीकरणसँगै नेपालमा जलविद्युत्मा लगानी गर्न बंगलादेशका उद्योगी व्यवसायीसँग आग्रह गरे । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफूहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए ।

बंगलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । हवाइसँगै स्थलमार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्ने उनको भनाइ थियो । नेपालमा ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका लागि आफूहरु तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x