Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसभामुख स्वदेश फिर्ता

सभामुख स्वदेश फिर्ता


काठमाडौं । आयरल्याण्डको भ्रमण गरेर सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा स्वदेश फर्किएपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा माथिल्लो सदनका अध्यक्ष, आयरल्याण्डका राष्ट्रपति, तल्लो सदनका सभामुख, शिक्षा मामिला हेर्ने राज्यमन्त्री लगायतसँग भेटवार्ता गरेको जानकारी दिए ।

भेटका क्रममा क्यान्सर रोगको उपचार, नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, नेपालका हिमाल आरोहण लगायतका विषयमा छलफल गरेको घिमिरेले जानकारी गराए ।

आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रवन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा पनि छलफल गरेको बताए । प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई सभामुखको भ्रमण टोलीमा सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया