Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौँ महानगरपालिका वडा ८ का तीनवटै मन्दिर एकैदिन समुद्घाटन

काठमाडौँ महानगरपालिका वडा ८ का तीनवटै मन्दिर एकैदिन समुद्घाटन


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ द्वारा पुनः निर्माण गरिएको तीन वटा मन्दिरको एकैदिन समुद्घाटन गरिएको छ । मन्दिरको विधिवत रूपमा वैदिक तथा तान्त्रिक विधिबाट पुजा अर्चना गरि विभिन्न बाजागाजा सहित शिलापत्र अनावरण गरेर समुद्धाटन गरिएको हो ।

काठमाडौँ महानगरपालिका वडा -८ को गह्येश्वरीमा रहेको इना गणेश (चन्द्र विनायक), महामृत्युजय महादेव जयवागेश्वरी र इट्टापाखामा रहेको स्वर्ण गणेश मन्दिर पुनः निर्माणपछि समुद्घाटन गरिएको हो ।

२०७२ सालको भुकम्प पछि जिर्णद्वारको पर्खाइमा रहेका मन्दिरहरू टेन्डरद्वारा ठेकेदार कम्पनीहरू आह्वान गरि समयमा नै निर्माण कार्य सम्पन्न गर्दै समुद्घाटन गरिएको वडाले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले, गुह्येश्वरीमा रहेको इना गणेश मन्दिर करिव २२ लाख १७ हजारमा, इट्टापाखामा रहेको स्वर्ण गणेशको मन्दिर करिव २१ लाख ८८ हजार र जयवागेश्वरीमा रहेको ब्रह्मा मन्दिरको लागत खर्च सार्वजनिक नभईसकेको जानकारी दिए ।

वडाअध्यक्ष संगतले, वडावासीहरूको साथ सहयोग र समर्थन रहेमा वडाभित्रका जस्तोसुकै समस्या समाधान तथा विकास निर्माणमा सहज हुने बताए। उनले, वडास्तरबाट विकास निर्माणका कामहरू धमाधम भईरहेको र आफुहरूको काम व्यक्ति पुजा गर्ने नभएर समुदाय र समाजको विकास गर्नु रहेको संगतले बताए । उनले आफुहरूलाई काम गर्नका लागि सुझाव दिनुपर्ने र दवाव नदिन पनि आग्रह गरे।

वडाअध्यक्षले पशुपतिको धर्मशाला पुनः निर्माण भईरहेको र त्यसको सञ्चालनको तयारी काठमाडौँ महानगरपालिकाले गरिरहेको बताउँदै पशुपतिको पार्किङको व्यवस्थापन समेत काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिए । उनले हाल वडा भवन निर्माणको काम भईरहेको र जयवागेश्वरीदेखि सिफलको सेतो ढोकासम्म ढुंगा बिछ्याउने काम पनि जारी रहेको जानकारी दिए ।

त्यस्तै समुद्घाटन कार्यक्रममा बोल्दै संस्कृतिविद् मुकुन्द राज वैद्यले, पुरातात्त्विक सम्पदाहरूको नाम परिवर्तन गर्ने अधिकार कसैलाई नि नभएको बताए। उनले हामी सबैले आधुनिकताको नाममा पुरातात्त्विक संम्पदाहरूमाथि दासत्व जमाउँन खोज्यौँ भने, भोलिको पुस्ता विविधता यक्त नेपालको परिकल्पनाबाट पछि हट्ने उनले बताए ।

समुद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडाअध्यक्ष आशामान संगत लगायत वडा सदस्य, वडा सचिव लगायत वडाका विभिन्न कर्मचारी सहित स्थानीयवासिहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया