शनिबार ठमेलस्थित क्लब एलओडीमा ‘बम्बे भाइकिङ’ को टिमले लाइभ प्रस्तुति दिने
भारतका चर्चीत गायक नीरज श्रीधर सम्मिलित ब्याण्ड ‘बम्बे भाइकिङ’को टिमले काठमाडौं तताउने भएको छ । आउँदो शनिबार सेप्टेम्बर ३० तारिखमा यो ब्याण्डले ठमेलस्थित क्लब एलओडीमा लाइभ प्रस्तुति दिने भएको हो ।
९० को दशकदेखि हालसम्म पनि उत्तिकै लोकप्रिय यो ब्याण्ड भारतमा चर्चित ब्याण्ड अन्तर्गत पर्छ । यो ब्यान्डको प्रस्तुति नेपालमा गराउन एलओडी र ‘एल एण्ड एन’ मोडल एजेन्सी एवंम ३६५ मिडिया एण्ड इभेन्ट्सले सहकार्यले सहकार्य गरेका छन् ।
चर्चित गायक निरज श्रीधरका २ हजार भन्दा बढि सुपरहिट गित संगीत छन् । चर्चित गीत ‘ओ चलि ओ चलि देखो प्यारकी गली’ , ‘छोड दो आचल जमाना क्या कहेगा’, ‘हरे राम हरे राम हरे कृष्ण हरे राम’, ‘हे बेबी’ ,’तेरी आखे भूल भूलैया’, ‘चादनी चोक टू चाईना’, ‘गोलमाल गोलमाल’ लगायतका दर्जनौं गीतले नीरज भारतसँगै नेपालमा समेत चर्चित छन् ।
यो कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटनलाई संरक्षण र प्रवर्धनसँगै व्यवसाय प्रवर्धन समेत रहेको आयोजकको तर्फबाट मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए । यो शनिबारबाटै टिकट बिक्री सुरू हुँदा उक्त कार्यक्रमको लागि ई(सेवाबाट जनरल टिकट रू एक हजार ५ सय र भीइपी टिकट २ हजार ५ सय तोकिएको छ ।
क्याटेगोरी : समाचार, मनोरञ्जन
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया