कर्ण शाक्यले फेवाताल मिचेर बनाएको रिसोर्ट भत्काउन बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले पर्यटन व्यवसायी कर्णबहादुर शाक्यले सञ्चालन गरेको पोखराको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालिले फेवातालको भूभाग मिचेको ठहर गर्दै संरचना भत्काउन आदेश गरेको छ ।
शाक्यले सञ्चालन गरेको रिसोर्ट भत्काउनुपर्ने माग गर्दै अधिवक्ता खगेन्द्र सुवेदीसहितले दायर गरेको रिटको सुनुवाई न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासले २०८० असार ४ गते गरेको थियो । सोही फैसलाको पूर्णपाठ मंगलबार जारी गर्दै रिसोर्ट भत्काउने बाटो खुला गरेको हो । यसअघि पूर्णपाठ जारी नहुँदा रिसोर्टको संरचना भत्काउन बाटो खुलेको थिएन ।
सर्वोच्चले शाक्यले सञ्चालन गरेको रिसोर्ट फेवातालको वर्षायाममा कायम हुने उच्च बहाबविन्दुबाट ६५ मिटरभित्र परेको देखिएको, होटल तथा भवन निर्माण अनुमति कानुनबमोजिम नभएको र सार्वजनिक, पर्ति जग्गामा समेत रिसोर्टको संरचना खडा भएको देखिएको ठहर गरेको छ । यसरी बनाइएको संरचना फेवातालको दीर्घकालीन स्वच्छता, सुन्दरता र संरक्षणका लागि अनधिकृत रुपमा खडा भएको सम्पूर्ण संरचना हटाउन आदेश दिएको हो ।
सर्वोच्चले फेवातालको सो क्षेत्र हरियाली क्षेत्र कायम गर्न गराउन समेत आदेश गरेको छ । फेवातालको जग्गा जो कोही व्यक्ति वा संस्थाको नाममा दर्ता गराएको भए पनि सो दर्ता बदर गरी फेवातालको नाममा कायम गरी फेवातालको वर्षायामको उच्चतमविन्दु सिमानाबाट ६५ मिटरसम्मको सबैखाले व्यक्तिगत, सरकारी गैरसरकारीसहित सम्पूर्ण भौतिक संरचना, त्यस क्षेत्रमा रहेका व्यापार, व्यवसाय, अफिस, घर, होटल, रेष्टुराँ, रिसोर्टसहित सबै संरचना हटाउन त्यस क्षेत्रमा कुनै व्यापार व्यवसाय गर्न अनुमति नदिन र अनुमति प्रदान गरेको भए रद्द गर्न समेत आदेश गरेको छ ।
तत्कालीन शाही चितवन राष्ट्रिय निकुञ्जमा लामो समय काम गर्दा वैध अवैध कामधन्दा गरेर जम्मा गरेको कालोधनका कारण धनी बनेका शाक्यले काठमाडौंका बुढानीलकण्ठलगायतका ठाउँमा रिसोर्ट सञ्चालन गर्दै आएका छन् ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया