Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशपार्किङ गरी राखेको भेनमा आगलागी

पार्किङ गरी राखेको भेनमा आगलागी


सर्लाही । हरिवन नगरपालिका–४ गणेश चोक बस्ने ३९ वर्षीय बिक्रम खत्रीको घरमा पार्किङ गरी राखेको भेनमा आगलागी भएको छ । ना.१ ज ३२०० नम्बरको म्याजिक भेनमा सोमबार राति आगलागी हुँदा भेनको ईन्जिनलगायत भित्री भाग पूर्णरुपमा जलेको छ ।

प्रहरीका अनुसार भेन जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया