Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारइजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई सुदुरपश्चिम सरकारले जनही रु. दुई लाख दिने

इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई सुदुरपश्चिम सरकारले जनही रु. दुई लाख दिने


गोदावरी (कैलाली) । इजरायलमा हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही रु. दुई लाख दिने घोषणा गरेको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेको हो ।

शोक सन्तप्त परिवारप्रति समवेदना र दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी, उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी ज्यान गुमाएको पुष्टि भइसकेको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, समाचार

तपाईको प्रतिक्रिया