विदेशी पर्यटकको चापले फाप्लु क्षेत्रमा चहलपहल
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरी, फाप्लु क्षेत्र विदेशी पर्यटकले खचाखच भरिएका छन् । सगरमाथा क्षेत्रमा सिजन सुरु भएसँगै गाडीमार्फत सल्लेरी भित्रिने विदेशीको चाप अधिक बढेको हो ।
अहिले दैनिक दुई सयभन्दा बढी विदेशीहरु स्थलमार्ग हुँदै सल्लेरी तथा फाप्लु क्षेत्र भित्रिरहेको ट्राफिक प्र्रहरी पोस्ट पत्तालेले जनाएको छ । पर्यटकहरु काठमाडौंबाट जिप तथा बसमार्फत सल्लेरी भित्रिरहेको सोलुखुम्बु सगरमाथा यातयात समितिका अध्यक्ष रामबहादुर विश्वकर्माले बताए । मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित भएसँगै गाडीमार्फत सल्लेरी हुँदै खुम्बु जाने विदेशीको संख्या बढेको हो । पर्यटकका कारण फाप्लु क्षेत्रको होटल तथा लजहरु भरिभराउ भएको छ भने कतिपय पर्यटकहरुलाई बास पाउनै मुस्किल परेको छ । पर्यटक गाइड ङिमा दोर्जी शेर्पाका अनुसार काठमाडौंबाट आएका अधिकांश पर्यटकको रोजाइमा फाप्लु पर्दा पर्यटक सहयोगीहरुलाई बासको व्यवस्थापन गर्न समस्या परेको हो ।
सल्लेरी क्षेत्रको होटलहरुमा समेत पर्यटकको संख्या अधिक देखिएको सल्लेरीका मिङ्मार शेर्पाले बताए । गाडीमार्फत खुम्बु जाने पर्यटकहरु बढेसँगै सदरमुकाम क्षेत्रमा यतिखेर विदेशीको आवगमन उत्साहजन रुपमा देखिएको प्रहरीले जनाएको छ । सल्लेरी हुँदै उकालो लाग्ने पर्यटक बढेसँगै फाप्लु, सल्लेरीबाट थामडाँडा क्षेत्र छुट्ने बोलेरोहरुलाई भ्याईनभ्याई भएको यातयात व्यवसायी लक्ष्मण घतानीले बताए । सडक मर्मतको क्रममा रहेकाले यात्रा जोखिमपूर्ण रहे पनि यात्रुको चापले उत्साह थपिएको उनको भनाइ छ । सल्लेरीबाट अहिले बोलेरोले मात्रै खुम्बु पासाङ ल्हामु गाउँपालिका १ थामडाँडासम्म यात्रु बोक्दै आएका छन् ।
थामडाँडाभन्दा माथि सवारी सञ्चालन नहुने भएकाले त्यहाँबाट पर्यटकहरु पदमार्ग हुँदै लुक्ला, नाम्चेतर्फ लाग्ने गरेका छन् । नेपाल सरकारले पर्यटकीय सिजनमा त्रिभुवन विमानस्थल काठमाडौंमा विमानको चाप बढी भएको भन्दै लुक्लाको उडान रामेछापको मन्थलीबाट गर्न थालेको छ । तर, मौसम प्रतिकूलताका कारण केही दिनदेखि हवाई उडान प्रभावित हुँदा मन्थली पुगेका पर्यटकहरु अलपत्र परेका छन् । सोही कारण स्थलमार्ग हुँदै सल्लेरीबाट खुम्बु पुग्ने पर्यटकहरुको संख्या उच्च रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया