Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमालको संकल्प यात्रा अवरोध गर्न खोज्ने प्रहरी नियन्त्रणमा

एमालको संकल्प यात्रा अवरोध गर्न खोज्ने प्रहरी नियन्त्रणमा


विराटनगर । पूर्वमन्त्री गोपाल किरातीसहित नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरीले किरातीलाई खोटाङको हलेसीबाट नियन्त्रणमा लिएको जानकारी गराएको छ ।

मंगलबारबाट नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली कोशी प्रदेश प्रवेश गर्दैछ ।उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले पुष्टि गरेका छन् । कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया