Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन तस्करीमा संलग्न महरालाई थुनामै राख्ने आदेश

सुन तस्करीमा संलग्न महरालाई थुनामै राख्ने आदेश


काठमाडौं । सुन तस्करीमा संलग्न नेकपा एमाओवादीका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरिदिएको छ ।

न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार जिल्ला अदालतकै आदेश सदर गरेको हो । उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राहुललाई पक्राउ गरेको थियो । महरालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो ।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध महरा उच्च अदालतमा गए पनि जिल्लाकै आदेश सदर भएको हो । निजविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र संगठित अपराधमा अभियोग कसुर लगाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया