Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपरथी थापाको सर्टिफिकेट नक्कली भएको आशंका !

उपरथी थापाको सर्टिफिकेट नक्कली भएको आशंका !


नेपाली सेनाका उपरथी निर्मलकुमार थापाको सर्टिफिकेट नक्कली भएको कुरा बाहिरिएको छ । बढुवाको तयारीमा रहेका उपरथी थापाको सर्टिफिकेट विवाद बाहिरिएको हो यसअघि रथीमा बढुवाका लागि सिफारिस हुनुभएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएसँगै अहिले ।

उपरथी थापाको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै सोमबार छानविनका लागि रक्षा मन्त्रालयमा निवेदन परेको छ । थापाविरुद्ध अख्तियारमा पूर्वसैनिक अधिकृतहरूले प्रवीणता प्रमाण पत्र तह (आइए)को शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानविनका लागि रक्षा मन्त्रालयमा निवेदन दिएका हुन् ।

उनले भारतको उत्तर प्रदेशस्थित सुपोल कलेजबाट आइएस्सी प्रथम श्रेणीको मार्कसिट ल्याई २०४३ सालमा सेनाको सहायक सेनानीमा भर्ना भएको कुरा उल्लेख गरिएको छ ।पछिल्लो समय नेपाली सेनाका उच्चाधिकारीहरू विवादै विवादमा तानिएका घटनाक्रमहरु सार्वजनिक हुँदै गएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया