Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगौतम बुद्धको अस्थिधातु समाधिस्थल प्राइभेट कम्पनीलाई लिजमा दिने निर्णय बदर गर्न स्थानीयको माग

गौतम बुद्धको अस्थिधातु समाधिस्थल प्राइभेट कम्पनीलाई लिजमा दिने निर्णय बदर गर्न स्थानीयको माग


गौतम बुद्धको अस्थिधातु समाधिस्थल प्राइभेट कम्पनीलाई लिजमा दिने लुम्बिनी विकास कोषको निर्णय बदर गर्न स्थानीयले माग गरेका छन् । यसअघि मंगलबार मात्र प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि कोषको निर्णयमाथि छानविन गर्ने निर्णय गरेको थियो । मंगलबारै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पनि बिनाप्रतिस्पर्धा ९९ वर्षको अवधिलाई निजी कम्पनीसँग समझदारी गरेको प्रति आपत्ति जनाएको थियो ।

बिनाप्रतिस्पर्धा लिजमा दिनेगरी कोषले प्रोमिस्ड ल्याण्ड प्राइभेट लिमिटेड कम्पनीसँग गरेको सम्झौता बदर गर्न स्थानीयले माग गरेका छन् । लुम्बिनी विकास कोषमार्फत स्तूपा क्षेत्रको विकास, संरक्षण र उत्खनन समेतको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटका ठेकेदार शारदाप्रसाद अधिकारीका छोराको निजी कम्पनीलाई दिने सहमतिपछि स्थानीयस्तरमा चर्को विरोध भएको छ । रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै विरोध गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया