Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमपातका कारण २० घन्टादेखि अवरुद्ध लोकमार्ग अझै सञ्चालन भएन

हिमपातका कारण २० घन्टादेखि अवरुद्ध लोकमार्ग अझै सञ्चालन भएन


ढोरपाटन (बागलुङ) । बिहीबार दिउँसोदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग भारी हिमपातका कारण अझै सञ्चालन हुन सकेको छैन । बागलुङको निसीखोला–६ पातिहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा अहिलेसम्म सडक खुलाउन नसकिएको हो ।

निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले हिमपात हुन रोकिएपछि शुक्रबार बिहानदेखि हिउँ पन्छाएर सडक खुलाउने प्रयास थालिएको बताए । जेसिबी प्रयोग लोकमार्ग खुलाउने प्रयास गरे पनि अहिलेसम्म खुलाउन नसकिएको उनले बताए ।

अध्यक्ष बुढामगरले बिहीबार साँझ ४ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक सञ्चालन नहुँदा पूर्वीरुकुम र पश्चिम रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङ जाने यातायताका साधन ठप्प भएका बताए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया