Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्यालयलाई एक करोड सहयोग जुट्यो

विद्यालयलाई एक करोड सहयोग जुट्यो


म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पूनःमिलन अभियान मार्फत सो रकम सङ्कलन भएको हो ।

विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी सापकोटाले रु नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो । सङ्कलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए । गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ ।

दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म दुई सय सात जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजिल्याडमा रहनुभएका लालबहादुर केसीले सबैभन्दा बढी रु २५ लाख सहयोग गर्नुभएको संयोजक सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) न्युजिल्याण्डका अध्यक्षसमेत रहनुभएका उहाँले हजुरआमा गौमति खत्रीको स्मृतिमा सो रकम सहयोग गरेका हुन ।

विद्यालयमा हाल करिब दुई सय ५० विद्यार्थी अध्ययनरत छन् । श्रवण क्षमता नभएका बालबालिकालाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताए । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया