कलाकार आचार्य र छिरिङप्रति श्रद्धाञ्जली अर्पण
न्युयोर्क । वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज आचार्य र वरिष्ठ संगीत संयोजक स्व. नोर्वु छिरिङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
हिमालयन सांस्कृतिक प्रतिष्ठानद्वारा ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको हलमा आयोजित उक्त श्रद्धाञ्जली कार्यव्रmममा न्युयोर्कमा रहेका विभिन्न गायक गायिकहरुले स्व. आचार्यले गाएका गीतहरु गाएर उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसरी गाउनेहरुमा गायकहरु सुवर्ण शाक्य, राजेन्द्र राई, सानु श्रेष्ठ, अभय ढुंगेल, सुवास दाहाल, ओम कर्माचार्य र गायिकाहरुमा सपनाश्री, संगीता मुखिया र रेशमा सुनुवार थिए । गायक नरबहादुर दाहाल र वरिष्ठ गितार वादक शिशिर श्रेष्ठले स्व. आचार्य र स्व. छिरिङको विगत, उनीसँग विताएका पल, उनको संगीतप्रतिको लगाव र योगदानबारे चर्चा गरेका थिए ।
गायक, गायिका, कवि कवियत्री, समाजसेवी, संगीतप्रमीको बाक्लो उपस्थिति रहेको उक्त श्रद्धाञ्जली सभाको सुरुवात वरिष्ठ कवियत्री गीता खत्री, अमेरिकी नेपाली कलाकार संघका अध्यक्ष वसन्ती राई, वरिष्ठ गितारवादक शिशिर श्रेष्ठले संयुक्त रुपमा पानसमा बत्ती बालेर, फोटोमा फूल चढाएर गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष अभय ढुंगेलद्वारा स्वागत भाषण, कार्यक्रम संचालन तथा धन्यवाद ज्ञापन गरिएको सो कार्यक्रमको वाद्यवादनमा शिशिर श्रेष्ठ, सुवास दाहाल, हेमराज राई , राजेन्द्र राई र वरिष्ठ वाद्यवादक न्हुच्छेनारायण डंगोलले साथ दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया