Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिगएको टोलीले लेखापाल निरौलालाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उक्त घुस रकमको अनुसन्धानको सिलसिलामा निरौलाले सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएकाले मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

निरौलाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको आयोगको भनाइ छ । यस्तै, आयोगले उनीविरुद्ध बिगो १५ हजार रुपैयाँ कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरी सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया