Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगृहजिल्ला तनहुँमा राष्ट्रपति पौडेल

गृहजिल्ला तनहुँमा राष्ट्रपति पौडेल


दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन, क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि गृहजिल्ला तनहुँ आइपुगेका छन् ।

कार्यक्रम उद्घाटन अगार्डि भिमाद बजारमा विभिन्न सङ्घसंस्था, आमा समूह, युवा क्लव लगायतको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ । कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।

क्याम्पसमा भिमाद, घिरिङ, ऋषिङ लगायत आसपासका विद्यार्थी अध्ययनरत छन् । अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ । २०७३ सालमा शिलान्यास भई २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया