Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त


लुम्बिनी, लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

महरालाई नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी)का एक र एक स्वतन्त्र एक सदस्यको समर्थन छ ।रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया