Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै


दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुने तिनै जना भिमेश्वर नगरपालिका-१ सुष्पा क्षमावतीका रहेका छन् । बस दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ज्यान गुमाउनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन् ।

एक जना बसले च्यापिएको अवस्थामा रहेका छन् । दुर्घटनामा बेहुलासहित ५४ जना घाईते भएका थिए । घाइते मध्ये शरीरका विभिन्न अंगमा गहिरो चोटपटक लागेका २७ जना गम्भीर घाईतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भईरहेको छ । घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका कांग्रेस दोलखा नेता सुबास लामाले बताए।२७ जना गम्भीर घाइते मध्ये पनि ८ जनाको शरीरका हातखुट्टा र टाउकोमा गहिरो चोट लागेको हुँदा उनिहरुलाई थप उपचारको लागि काठमाडौ लैजाने तयारी रहेकोे लामाले बताए।

उक्त बस भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४, पिस्करमा दुलही लिन हिडेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै आज बिहान साढे सात बजे दुर्घटना भएको थियो । अहिले भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वरनारायण मानन्धर पनि घाइतेको अवस्था बुझ्न् सिन्धु सदावहार अस्पताल सिन्धुपाल्चोक पुगेका छन्।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया