Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुलमानको पारिवारिक अकूत सम्पतीको समाचार खण्डन गर्न नेपाल विद्युत प्राधिकरणको लेटर प्याड दुरुपयोग

कुलमानको पारिवारिक अकूत सम्पतीको समाचार खण्डन गर्न नेपाल विद्युत प्राधिकरणको लेटर प्याड दुरुपयोग


काठामडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङले आफ्नो पारिवारिक समाचारको खण्डन गर्न प्राधिकरणको लेटरहेड दुरुपयोग गरेका छन् । घिसिंङको परिवारका सदस्य समेत जोडिएर आएको समाचारको खण्डन गर्न घिसिंङले प्राधिकरणको लेटर हेडको प्रयोग गरेका हुन् ।

प्राधिकरणमा नियुक्त भएपछि जम्मा गरेको अकूत सम्पति लुकाउन सिंगो परिवार संलग्न रहेर खोलेको एउटा कम्पनी टेण्डल हार्डवेयर प्रालिको बारेमा प्रकाशित आफ्नो पारिवारिक समाचारको खण्डन गर्न उनले नेपाल विद्युत प्राधिकरणको लेटरहेड दुरुपयोग गरेका छन् । उक्त समाचार पारिवारिक भए पनि उनले समाचारको खण्डन प्राधिकरणको तर्फबाट सार्वजनिक गरेका हुन् ।

उनले मंगलबार आर्थिक दैनिकमा प्रकाशित परिवार मिलेर अकुत सम्पति लुकाएको समाचारको बुधबार प्राधिकरणको लेटर प्याड दुरुपयोग गरेर प्रेस विज्ञप्ति जारी गरेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया