Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकार र दश दिनदेखि अनसनरत दिपक भण्डारी बीच सहमति

सरकार र दश दिनदेखि अनसनरत दिपक भण्डारी बीच सहमति


सरकार र १० दिन देखि काठमाडौंको सान्ति बाटिकामा अनसनर रत दिपक भण्डारी बीच सहमति भएको छ । अपाङ भएका व्यक्तिहरुलाई स्थानी र संघी सरकारले पनि नहेरको भन्दै अनसनरत पक्ष र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बीच सहमति भएको हो ।

सरकार र अनशनरत पक्ष बीच तीन बुदे सम्झौत भएसँगै अनसनको कार्यक्रम पनि रोकिएको छ । सहमति अनुसार अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ को नियम ९ को व्यवस्था बमोजिमको सामुदायिक सहायता सेचा तथा व्यक्तिगत सहयोगी सेवा सम्बन्धी व्यवस्थालाई उपयुक्त र दिगो ढाँचामा चरणबद्धरुपमा स्थानीय सरकारसँग अन्तरतह सहकार्यमा कार्यान्वयन गर्नको लागि आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेश गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा तपसिल बमोजिमको ३ सदस्यीय समिति गठन गर्ने, कार्यक्रम र मापदण्ड बमोजिम स्थानीय तहको सिफारिसमा प्राथमिकीकरण गरी पहिलो चरणमा ११ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई नियम ९ बमोजिमको सामुदायिक सहायता सेवाको २०८१ वैशाख १ गतेबाट ÷१÷१ बाट शुरुवात गर्ने सहमति भएको छ ।

त्यस्तै तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका वडा नं. ७ निवासी दिपक भण्डारीले जारी राखेको धर्ना लगायतका सबै कार्यकमलाई आजै देखि स्थिगित गर्ने सहमति भएको छ । सहमतिमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बरिष्ठ उपाध्यक्ष राम बहादुर कार्की, धर्ना कार्यक्रममा रहेका दिपक भण्डारी र सोलुखुम्बुका ल्हाक्पा नुरु शेर्पा सोलुखुम्बु र ललितपुका सिर्जना के.सी. सहभागि थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया