Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोजगारीमा पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ

रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर ठगि गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पिडितको रकम लिएर सम्पर्क बिहीन भएको जाहेरीका आधारमा मकवानपुरको थाहा नगरपालिकाका असिम नगरकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

नगरकोटीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले कामनपा २६ ठमेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध


तपाईको प्रतिक्रिया