Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु

रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु


काठमाडौं । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गएको छ । बिहीबार बेलुका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको बुद्धेश्वर मझुवाभीरमा रक क्लाइम्बिङ गर्नेक्रममा खसेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ३४ वर्षीय सुचन राईको ज्यान गएको हो ।

झण्डै ४० मिटर अग्लो भीरबाट खसेर घाईते भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । राई रक क्लाइम्बिङका लागि दुई जना साथीसहित बुद्धेश्वर मझुवा भीरमा पुगेका थिए । पर्यटन प्रवर्द्धन गर्ने भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको चैत २३ गते मझुवाभीरमा रक क्लाइम्बिङको सफल परीक्षण गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया