Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजार तीन सयले बढ्यो सुनको मूल्य

दुई हजार तीन सयले बढ्यो सुनको मूल्य


काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा एक लाख ३७ हजार नौ सयमा कारोबार भइरहेको हो ।

बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया