Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरियन भाषा परीक्षा : दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक, चार सय ९८ जना अनुत्तिर्ण

कोरियन भाषा परीक्षा : दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक, चार सय ९८ जना अनुत्तिर्ण


काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलकतर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार चार सय ९८ जना परीक्षार्थी अनुत्तिर्ण भएका छन् ।

दोस्रो चरणको सीप परीक्षाका लागि छनोट भएका ६ हजार तीन सय २१ मध्येमा ५ हजार सात सय ५३ जना पास भएका छन भने ७० जना परीक्षामा नै सहभागि भएनन् ।

गत फागुन ७ देखि चैत २४ गतेसम्म लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार पाँच सय ८० जना सहभागी भएका थिए । जसमध्ये ६ हजार तीन २१ जना उत्तीर्ण भएर सिप परीक्षणका लागि छनोट भएका थिए । ती परीक्षार्थीको दोस्रो चरणको सीप परीक्षण नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा सञ्चालन गरिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया