Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ

पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पाशुपत क्षेत्र विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको हुँदा यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् ।

मन्त्री तामाङले राष्ट्रदेव पशुपतिनाथमा आएर राजनीति गर्ने र कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताए । उनले भने, “गैरराजनीतिक ठाउँअर्थात् धार्मिकस्थलमा आएर राजनीति गर्न कसैलाई छुट छैन, धार्मिक क्षेत्रमा आएर राजनीति नगर्नु होला ।”

उनले पछिल्लो समय विकास कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएको भन्ने सुन्नमा आएकाले अब कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुनेसमेत बताए ।

पशुपति क्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत, पूर्वीयदर्शन र पूर्वीय संस्कृतिको महत्वपूर्ण केन्द्र रहेकाले यसले विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । उनले भने, “पाशुपत क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो, यहाँ धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्नुपर्छ ।”

मन्त्री तामाङले सोही कार्यक्रमलाई सम्बाधोन गर्दै करोडौँ जनसङ्ख्या भएको हिन्दू धर्मप्रति आस्था राख्ने भारतका हिन्दू धर्मावलम्बीलाई सहजरुपमा भित्र्याउन पाशुपत क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए ।

यसैगरी कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले भगवान् पशुपतिनाथ तथा विकास कोषको हितका लागि आफू सधैँ अग्रसर रहने बताए । उनले कोषको अहित चिताउने केही बिरोधीतत्वका कारण आफूले विगतमा निकै दुःख पाएको समेत बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया