Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकरेन्ट लागेर वडा अध्यक्षको मृत्यु

करेन्ट लागेर वडा अध्यक्षको मृत्यु


महेन्द्र शाही
सोलुखुम्बु ।
माप्यदुधकोसी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामााङको मृत्यु भएको छ । वडा अध्यक्ष तामाङको मंगलबार बिहान सल्लेरीमा करेन्ट लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्लाका प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी टेकुनन्द इवा लिम्बुका अनुसार वडा अध्यक्ष तामाङको बिहान ८ः३० बजे रड बोकेर सल्लेरी स्थित आफ्नै घरको छतमा जाने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका तामाङका जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

३९ वर्षीय वडा अध्यक्ष तामााङ सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीस्थित आफ्नै घरमा बस्दै आएका थिए । फलामको लामो रड बोकेर छतमा जाने क्रममा रडले विद्युत्को तारमा छुँदा करेन्टर लागेको प्रहरीले जनाएको छ । तामाङको शव पोष्टमाटम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : नेपाल, समाचार

तपाईको प्रतिक्रिया