Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली लाइसेन्स प्रकरणमा पक्राउ परेका गिरीमाथि १० दिन म्याद थप

नक्कली लाइसेन्स प्रकरणमा पक्राउ परेका गिरीमाथि १० दिन म्याद थप


काठमाडौँ ।
नक्कली लाइसेन्स (सवारी चालक अनुमतिपत्र)को कारोबार गरेको अभियोगमा पक्राउ परेका २८ वर्षीय आशिष गिरीउपर अनुसन्धान गर्नको लागि १० दिनको लागि म्याद थप भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर सुवास बुढाथोकीका अनुसार पक्राउ परेका गिरीको हकमा बुुधबार लागू हुुने गरी थप अनुसन्धानको लागि म्याद थप गरिएको हो ।

अनुसन्धानमा संलग्न इन्सपेक्टर बुुढाथोकीले भने, ‘पक्राउ परेका गिरीको आर्थिक हैसियत पनि अस्वाभाविक देखियो, उनले विदेशमा बस्ने र विदेशमा जाने तयारीमा रहेको विभिन्न व्यक्तिहरूलाई लिखित र प्रयोगात्मक परीक्षा नदिईकन नै मोटो रकम लिएर सवारी चालक अनुमतिपत्र बनाइदिने गरेको पाइयो ।’ गिरीले विगत केही वर्षयता सवारी चालक अनुमतिपत्रको नवीकरण र थप गर्ने बहानामा पनि विना परीक्षा रकम लिएर क्याटागोरी थप गर्ने गरेको देखिएको समेत उनले बताए । बुढाथोकीका अनुसार हालसम्म गरेको अनुसन्धानअनुसार गिरीले ट्रायल र लिखित परीक्षाविना नै बनाइदिएका सवारी चालक अनुमतिपत्रहरू पनि सक्कली नै देखिएको छ ।

अनुुमतिपत्रको लागि प्रयोग हुुने सबै कागजपत्रहरू सक्कली देखिएका छन् । यातायातका कर्मचारीहरू नमिलीकन गिरी एक्लैले यो कार्य गर्न सम्भवै नरहेको उनको भनाइ छ । ‘परिसरले अहिले म्याद थप गरेको र अनुसन्धानकै चरणमा रहेकाले यसमा को–को संलग्न छन्, अहिले नै भन्नसक्ने अवस्था छैन, हामी अनुुसन्धान गर्दै छौँ’, उनले भने । गिरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त मध्यपुर ठिमीको सहकार्यमा यही मंसिर २३ गते मंगलबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ पाटीविहारबाट विभिन्न कागजात र नगदसहित पक्राउ गरिएको थियो ।

सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका १२ घर भएका २८ वर्षीय आशिष गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । नगरपालिका चोकबाट नयाँठिमीतर्फ जाँदै गरेको बा.१५ च ४६८४ नम्बरको कारलाई प्रहरीले जाँच गर्दा गिरीको साथबाट विभिन्न कागजात फेला पारी उनलाई पक्राउ गरेको हो । उनको साथबाट विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपि चार थान, दुुई थान सवारी चालक अनुमतिपत्र, सवारी चालक अनुमतिपत्रको कर तिरेको एक थान रसिद, सवारी चालक विवरणको पाँच थान कागज, बा.१५ च ४६८४ नम्बरको गाडीको बिलबुक, विभिन्न बैंकको २५ लाख रुपैयाँबराबरको चार थान चेक, तीन थान मोबाइल र नगद ४१ हजार पाँच सय रुपैयाँ बरामद भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया