Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रष्टाचारको लिखित उजुरी धेरै

भ्रष्टाचारको लिखित उजुरी धेरै

चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १ हजार ६ सय ३७ वटा लिखित उजुरी आएको छ  ।


काठमाडौँ ।

भ्रष्टाचारका लिखित उजुरी धेरै आउने गरेको पाइएको छ । कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने तथा सहजीकरणको नाममा घुस माग गर्ने गर्दा भ्रष्टाचारका लिखित लगायतका उजुरी आउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले जानकारी दिएको छ ।

आयोग तथा यसका मातहतका कार्यालयमा कुनै पनि कार्यालय वा त्यहाँका पदाधिकारीहरुले भ्रष्टचार गरेमा लिखित, मौखिक, हुलाक, इ–मेल, टेलिफोन, सामाजिक सञ्जाल, मोबाइल एप तथा वेबसाइटमार्फत उजुरी दिन सक्नेछन् ।अयोगका प्रवक्ता तारानाथ अधिकारीले उजुरी दिनको लागि कार्यालयसम्म आउनुपर्ने अवस्था नभएकोले आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै उजुरी दिनसक्ने बताए ।

‘हामीले लिखित उजुरी कार्यालयमा आएर दिने, हुलाक तथा इ–मेलबाट आउने उजुरीलाई पनि लिखित रुपमा मान्ने गरेका छौँ’, उनले भने, ‘यसरी लिखितका साथै टेलिफोन वा सामाजिक सञ्जालबाट पनि उजुरी लिने गरेका छौँ । यसरी विभिन्न माध्यमबाट उजुरी गर्न सकिने हुँदा उजुरी आउने क्रमले भने निरन्तरता पाएको छ ।’

चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १ हजार ६ सय ३७ वटा लिखित उजुरी आएको छ भने हुलाकमार्फत १ हजार ४० वटा, इ–मेलमार्फत १ हजार १ सय २२ वटा, टेलिफोनमार्फत ४ सय ३२ वटा, वेबसाइटमार्फत ६ सय ५३ वटा र सामाजिक सञ्जाल फेसबुकमार्फत १ सय १८ वटा उजुरी आएको आयोगले जानकारी दिएको छ ।

सेवाग्राहीहरुले लिखित रुपमा साउनमा ५ सय ६० वटा, भदौमा ३ सय ७ वटा, असोजमा ४ सय ७२ वटा, कात्तिकमा १ सय ३६ वटा र मंसिरमा १ सय ६२ वटा, हुलाकमार्फत साउनमा २ सय ८६ वटा, भदौमा २ सय १९ वटा, असोजमा २ सय ६९ वटा, कात्तिकमा १ सय ३० वटा र मंसिरमा १ सय ३६ वटा भ्रष्टाचारसम्बन्धी उजुरी आयोगका साथै आयोग मातहतका अन्य कार्यालयमा आउने गरेका छन् ।

यस्तै इमेलमार्फत साउनमा ३ सय ९७ वटा, भदौमा ३ सय ८ वटा, असोजमा २ सय २६ वटा, कात्तिकमा १ सय ४ वटा र मंसिरमा ८७ वटा, टेलिफोनमार्फत साउनमा १ सय ३४ वटा, भदौमा १ सय ३५ वटा, असोजमा ८८ वटा, कात्तिक ३१ वटा र मंसिरमा ४४ वटा भ्रष्टचारसम्बन्धी उजुरी दिएका छन् भने वेबसाइटमार्फत साउनमा २ सय ३ वटा, भदौमा १ सय ८९ वटा, असोजमा १ सय ५६ वटा, कात्तिकमा ५७ वटा र मंसिरमा ४८ वटा, फेसबुकमार्फत साउनमा ३७ वटा, भदौमा ४७ वटा, असोजमा २६ वटा, कात्तिकमा ८ वटा अख्तियारसमक्ष भ्रष्टाचारका उजुरी परेका छन् । मंसिरमा भने फेसबुकमार्फत अख्तियारमा उजुरी नआएको आयोगले जनाएको छ ।

यस्तै चालू आवको सुरुवाती महिना अर्थात् साउनमा १ हजार ६ सय ५३ वटा, भदौमा १ हजार २ सय ३४ वटा, असोजमा १ हजार २ सय ८५ वटा, कात्तिकमा ७ सय ८४ वटा र मंसिर महिनामा सबैभन्दा कम ५ सय ७ वटा उजुरी परेको छ । सो उजुरीहरु आयोगको प्रधान कार्यालय टंगालका साथै अन्य नौवटा अख्तियारका कार्यालयमा लिखित, हुलाक, इ–मेल, टेलिफोन, सामाजिक सञ्जाल, मोबाइल एप तथा बेवसाइटबाट आएका उजुरीहरु हुन् ।

यस्तै पाँच महिनाको अवधिमा अख्तियारको टंगालस्थित कार्यालयमा ३ हजार २ सय ३८, इटहरी कार्यालयमा ४ सय ४९, बुटवल कार्यालयमा ४ सय ३, सुर्खेत कार्यालयमा ३ सय १७, पोखरा कार्यालयमा २ सय ३३, हेटौँँडा कार्यालयमा २ सय ३० र नेपालगञ्ज कार्यालयमा १ सय ९४ वटा भ्रष्टाचारका मुद्दा परेका छन् ।केन्द्रीय कार्यालय टंगालमा परेको दुई हजार सात सय ५५ वटा भ्रष्टचारसम्बन्धी उजुरीहरुमध्ये साउनमा ८ सय ७५, भदौ ८ सय ४७, असोजमा ७ सय ५५, कात्तिकमा ४ सय ६८ वटा र मंसिरमा २ सय ९३ वटा रहेका छन् भने कञ्चनपुर कार्यालयमा साउनमा १ सय ३४ वटा, भदौमा ९८ वटा, असोजमा ७८ वटा, कात्तिकमा ५७ वटा र मंसिरमा ३६ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन् ।

यस्तै अख्तियारको नेपालगञ्जस्थित कार्यालयमा साउनमा ५० वटा, भदौमा ३३ वटा, असोजमा ५७ वटा र कात्तिकमा ३३ वटा र मंसिरमा २१ वटा, पोखरा कार्यालयमा साउनमा १ सय ६ वटा, भदौमा ३० वटा, असोजमा ४९ वटा, कात्तिकमा ३० वटा र मंसिरमा १८ वटा, बुटवल कार्यालयमा साउनमा १ सय ७६ वटा, भदौमा ३० वटा, असोजमा ९० वटा, कात्तिकमा ४९ वटा र मंसिरमा २६ वटा उजुरी परेको छ ।

सुर्खेत कार्यालयमा साउनमा १ सय ११ वटा, भदौमा ६४ वटा, असोजमा ७३ वटा, कात्तिकमा ४८ वटा र मंसिरमा २१ वटा, हेटौंडा कार्यालयमा साउनमा ६५ वटा, भदौमा २५ वटा, असोजमा ७७ वटा र कात्तिकमा ३४ वटा र मंसिरमा २९ वटा र इटहरी कार्यालयमा साउनमा १ सय ६६ वटा, भदौमा ७५ वटा, असोजमा १ सय ६ वटा, कात्तिकमा ५५ वटा र मंसिरमा ४७ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन् ।

प्रवक्ता अधिकारीले यसरी उजुरी आएसँगै अख्तियारका कार्यालयले देखाएको सक्रियताको कारण उजुरी मुद्दामा नगई समस्या समाधान हुने गरेको बताए । ‘हामीले उजुरीको विषयमा अध्ययन गर्छौँ र सम्बन्धित कार्यालयलाई खबरदारी गर्छौँ जसले गर्दा सेवाग्राहीले सेवा पाउने गरेका छन्’, उनले भने, ‘सेवाग्राहीको समस्या समाधान भएपछि उजुरी अघि बढाउनु आवश्यक हुँदैन यदि त्यसमा आर्थिक अनियमितता भएको भए कारबाही अघि बढाउँछौँ ।’

उजुरी आएकामध्ये न्यून मात्र मुद्दाको रुपमा अघि बढ्ने गरेको बताउँदै उनले यसो हुनुमा भने उजुरीकर्ताले विना आधार उजुरी गर्ने कारण एक भएको बताए । यसरी विभिन्न माध्यम तथा विभिन्न कार्यालयमा आएको उजुरीको अवस्थालाई हेर्दा सेवाग्राहीले सहजै सेवा लिन नपाएको भान हुन्छ भने आयोगले पनि कोभिड १९ महामारीको प्रभावका कारण भ्रष्टचारसम्बन्धी उजुरी पछिल्लो महिनामा कमी देखिए पनि उजुरी आउन भने नछाडेको जनाएको छ ।

कोभिड महामारीका कारण सरकारी कार्यालयहरु बन्द तथा सीमित सेवाग्राहीहरु पुग्ने अवस्था भएको कारण भ्रष्टचारसम्बन्धी उजुरीमा कमी आएको हुनसक्ने अधिकारीहरुको भनाइ छ । अख्तियारले भष्टाचार रोक्नकै लागि अनुगमन, कारबाही तथा स्टिङ अप्रेसनलगायतका काम कारबाही गर्ने गरेको छ । यसले केही हदसम्म भ्रष्टाचार निवारणमा सहयोग पुगेको देखिन्छ ।

पछिल्लो समय अख्तियारले स्टिङ अप्रेसन गरी सहसचिव, उपसचिव, अधिकृत, सुब्बा लगायतका विभिन्न कर्मचारीहरु पक्राउ गरेको थियो । आयोगले काम लिएर विभिन्न कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र सहजीकरण गरिदिने भन्दै घुस अर्थात् रकम माग गरी भ्रष्टचार गर्ने कर्मचारीहरुलाई पक्राउ गर्ने गर्छ । आयोगले सबैभन्दा बढी स्थानीय तहमा भ्रष्टचार हुने गरेको बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया