स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण
काठमाडौं । यातायात व्यवस्था विभागको कार्यालयले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले बुधबार एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण प्रहरीलाई हस्तान्तरण गरेको हो ।
विभागका तर्फबाट महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई एक सय ९८ थान स्मार्ट कार्ड रिडर उपकरण हस्तान्तरण गरेका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयका अनुसार ‘स्मार्ट लाइसेन्स’ परीक्षण गर्ने उपकरणले सवारी चलाउने चालकले बोकेको अनुमतिपत्र चालक स्वयंकै हो वा होइन भन्ने तत्कालै परीक्षण गर्न सकिन्छ । साथै, उक्त उपकरणमा औँठा छापको परीक्षणसमेतको व्यवस्था रहेको छ । हालसम्म विभागले २९ लाख ५० हजार स्मार्टकार्ड (लाइसेन्स) वितरण गरिसकेको छ । यी सबै लाइसेन्स परीक्षण गर्न मिल्ने उक्त उपकरण सातै प्रदेशमा उपलब्ध गराउने गरी प्रहरीलाई वितरण गरिएको पाण्डेले बताए ।
ट्राफिक प्रहरीको नियमित जाँचका क्रममा नक्कली लाइसेन्स बोक्ने तथा साथीभाइको लाइसेन्सलाई देखाएर हिँड्ने गरेको तथ्यांक बढेको छ । यस उपकरणले तत्कालै सो लाइसेन्स कसको हो भन्ने सहजै थाहा पाउन सकिन्छ । यसले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेछ । यसअघि पनि यातायात व्यवस्था कार्यालयले ४० वटा स्मार्ट कार्ड रिडर उपकरण ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो । यसपटक हस्तान्तरण गरेको उपकरणमा औँठाछापको परीक्षणसमेत गर्न सकिने व्यवस्था रहेको छ । यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको निर्देशक श्रीचन्द्र साहले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया