Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल टेलिकमको नेटवर्कमा फेरि समस्या

नेपाल टेलिकमको नेटवर्कमा फेरि समस्या


काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ । जसले गर्दा सेवाग्राही मर्कामा परेका छन् ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएको र  प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका बताएका छन्  । ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको छ, हामी समाधानको प्रयास गरिरहेका छौं,’ उनले भने ।

मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

 पटकपटक समस्या देखिरहेको नेपाल टेलिकमले दीर्घकालीन समाधान गर्नुको सट्टा स्वाभाविक समस्या भन्दै टार्दै आएको टिप्पणी बढेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया