छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं । विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ फ्रुटी कारखानास्थित सडकमा रोकी रहेको ना.७ ख. ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३-०२-०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किएर गएराति दुर्घटना हुँदा स्कुटर चालक बाग्लुङ जैनिनी नगरपालिका-६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थानमा ना.१ क. ९९८१ नम्बरको टिपरको ठक्करबाट सोही महानगरपालिका-२० पुर्णचण्डि बस्ने रामेछाप घर भएका ६१ वर्षीय मान बहादुर थापामगरको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै, नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका-५ धनगढवामा हाल नम्बर नखुलेको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ४७ वर्षीया मोतिरानी कोहारको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, झापाको कमल गाउँपालिका-४ सितापुरी स्थित सडकमा पनि बोलेरो गाडीको ठक्करबाट सोही गाउँपालिका-५ बस्ने ४० वर्षीय चन्द्र बहादुर राईको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस्तै, मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित सडकमा भे.१ ख २७५४ नम्बरको बसको ठक्करबाट तनहु रिसिङ गाउँपालका-८ चारघरी घर भई हाल नवलपरासी(पुर्व) गैडाकोट नगरपालिका-४ बस्ने ७६ वर्षीया खिलमाया श्रेष्ठको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जोमसोम हुँदै जिल्ला सरकारी अस्पताल बेनी म्याग्दीमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया