Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको निक्षेप छ प्रतिशतले बढ्यो

बैंकिङ क्षेत्रको निक्षेप छ प्रतिशतले बढ्यो


काठमाण्डौं,चैत २४

बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप छ दशमलव चार प्रतिशतले बढेको हो । यस अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ३५ खर्ब ६५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । सो मध्ये वाणिज्य बैंकहरुको मात्र निक्षेप ३० खर्ब ६८ अर्ब ५६ करोड ६० लाख रुपैयाँ रहेको छ भने विकास बैंकहरुको कुल निक्षेप चार खर्ब १५ अर्ब ३८ करोड २० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ३० खर्ब ८४ अर्ब ९० करोड ६३ लाख २० हजार रुपैयाँ रहेको थियो । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुन निक्षेप २६ खर्ब ७६ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ रहेको थियो भने विकास बैंकहरुको कुल निक्षेप तीन खर्ब ४१ अर्ब १९ करोड १५ लाख ९० हजार रुपैयाँ रहेको थियो भने फाइनान्स कम्पनीहरुको कुल निक्षेप ६७ अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो ।राष्ट्र बैंकका अनुसार अघिल्लो वर्र्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप आठ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १५ दशमलव छ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा बैंकिङ क्षेत्रमा रहेको चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः आठ दशमलव दुई प्रतिशत, ३१ दशमलव छ प्रतिशत र ४९ दशमलव नौ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दशमलव सात प्रतिशत, ३३ दशमलव पाँच प्रतिशत र ४७ दसलव छ प्रतिशत रहेको थियो । २०७६ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव नौ प्रतिशत रहेको छ । २०७५ माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव आठ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १४ दशमलव एक प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको २०७६ माघ मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५ दशमलव एक प्रतिशत घरजग्गाको धितोमा र १३ दशमलव चार प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा घरजग्गा धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३ दशमलव चार प्रतिशत र १४ दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १० दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्र्फ १० दशमलव तीन प्रतिशत, निर्माण क्षेत्रतर्फ १० दशमलव दुई प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १० दशमलव दुई प्रतिशत र सेवा क्षेत्रतर्फ ११ दशमलव आठ प्रतिशतले कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा १८ दशमलव तीन प्रतिशत, ओभर ड्राफ्ट कर्जा चार दशमलव नौ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा सात दशमलव आठ प्रतिशत, डिमान्ड तथा चालू पँुजी कर्जा १० दशमलव पाँच प्रतिशत, रियल स्टेट कर्जा अन्र्तगत व्यक्तिगत आवासीय घर कर्जा समेत आठ दशमलव सात प्रतिशत र हायर पर्चेज कर्जा एक प्रतिशतले बढेको छ । यस अवधिमा मार्जिन प्रकृतिको कर्जा शुन्य दशमलव एक प्रतिशतले घटेको छ ।

आज ३१ अर्ब १० करोडको टे«जरी बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज सोमबार ३१ अर्ब १० करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति चैत २५ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल टे«जरीमध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको २० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँबराबरको रहेको छ । सोमध्ये ९१ दिने अवधिको टे«जरीको परिपक्व हुुने मिति वि.सं. २०७७ असार २३ गते, एक सय ८२ दिने अवधिको टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ असोज २० गते र तीन सय ६४ दिने टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ चैत २४ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही चैत १७ गते पनि राष्ट्र बैंकले तीन अर्ब १० करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको हो । यसैबीच, राष्ट्र बैंकले वि.सं. २०७७ सालको बैंक विदा सार्वजनिक गरेको छ । आइतबार सूचना जारी गर्दै राष्ट्र बैंकले विदा सार्वजनिक गरेको हो । सो अनुुसार वि.सं. २०७७ सालमा शनिवार र दशै, तिहारबाहेक झण्डै ३१ दिन सार्वजनिक विदा परेका छन् । जसमध्ये भोटे जात्रा, गाई जात्रा, संविधान दिवस, गौरा पर्व, सोनाम लोछार आदिलाई विदामा समेटिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x