Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले एक वर्षमा एक खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने

राष्ट्र बैंकले एक वर्षमा एक खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने


काठमाण्डौं,चैत २५

नेपाल राष्ट्र एक खर्ब ९५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६÷०७७ भित्र उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार विभिन्न किसिमका मौद्रिक उपकरणहरु जस्तै टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र समेत गरी उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागिएको हो । यसरी उठाउन लागि कुुल आन्तरिक ऋणमध्ये चालू आवको तेस्रो त्रैमासिकमा २५ अर्ब र चौथो त्रैमासिकमा ६५ अर्ब रुपैयाँ समेत गरी कुुल ९० अर्ब रुपैयाँ बराबरको टे«जरी बिल निष्काशन गर्न लागिएको हो । सोमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको २० अर्ब, एक सय ८२ दिने अवधिको ४० अर्ब र तीन सय ६४ दिने अवधिको २५ अर्ब रुपैयाँ बराबरको रहेको छ । प्रवक्ता डा. भट्टका अनुुसार विकास ऋणपत्रअन्तर्गत चालू आवको तेस्रो त्रैमासिकमा ३० अर्ब र चौथो त्रैमासिकमा ७० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी हुुनेछ । सोमध्ये चालू आवको चौथो त्रैमासिकमा तीन वर्षे अवधिको ३५ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी हुुनेछ । यसैगरी तेस्रो त्रैमासिकमा ३० अर्ब र चौथो त्रैमासिकमा ३५ अर्ब रुपैयाँ समेत गरी ६५ अर्ब रुपैयाँको विकास ऋणपत्र पनि यसै आवमा जारी हुुनेछ । उक्त ऋणपत्रको परिपक्व हुुने अवधि पाँच वर्षको रहेको छ । प्रवक्ता डा. भट्टका अनुुसार यो वर्ष चार अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र बिक्री हुुनेछ । परिपक्व हुुने अवधि पाँच वर्ष तोकिएको उक्त बचतपत्र चालू आवको चौथो त्रैमासिकमा बिक्री गरिनेछ ।

वैदेशिक रोजगार बचतपत्रतर्फ भने पाँच वर्षे अवधिको एक अर्ब रुपैयाँबराबरको बचतपत्र बिक्री हुुनेछ । सोमध्ये चालू आवको दोस्रो त्रैमासिकमा २० करोड, तेस्रो त्रैमासिकमा ४० करोड र चौथो त्रैमासिकमा ४० करोड रुपैयाँ समेत गरी उक्त परिमाणमा बचतपत्र बिक्री गर्न लागिएको हो । प्रवक्ता डा. भट्टका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुुल आन्तरिक ऋणमध्ये दोस्रो त्रैमासिकमा शून्य दशमलव १० प्रतिशत अर्थात् २० करोड, तेस्रो त्रैमासिकमा २८ दशमलव ४१ प्रतिशत अर्थात् ५४ अर्ब ४० करोड र चौथो त्रैमासिकमा एक खर्ब ३९ अर्ब ४० करोड रुपैयाँ समेत गरी कुुल एक खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागिएको हो । राष्ट्र बैंकले उठाउन लागेको कुुल ऋणपत्रमध्ये सोमबार नै राष्ट्र बैंकले ३१ अर्ब १० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको छ । सोमध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको २० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँबराबरको रहेको छ । सोमध्ये ९१ दिने अवधिको टे«जरीको परिपक्व हुुने मिति वि.सं. २०७७ असार २३ गते, एक सय ८२ दिने अवधिको टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ असोज २० गते र तीन सय ६४ दिने टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ चैत २४ गते तोकिएको छ ।चैतको दोस्रो साता पनि राष्ट्र बैंकले तीन अर्ब १० करोड रुपैयाँको टे«जरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x