नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा रहेको दमकल सेवा प्रभावकारी हुँदै गएको छ । जिल्लाबाहेक भारतका विभिन्न स्थानमा समेत अग्नि नियन्त्रणमा दमकल सेवा दिन थालिएको छ ।
विगतमा भन्दा अहिले सेवा प्रभावकारी बन्दै गएको नेपालगञ्ज उपमहानगरपालिका, दमकल शाखाका इन्चार्ज झइनबहादुर खड्काले राससलाई जानकारी दिए । दमकल सेवाका लागि अधिकांश उपकरण सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपलब्ध गराएको हो ।
नेपालगञ्ज उपमहानगरभित्र बजार क्षेत्रमा साँघुरो बाटो भएका कारण आगलागी भएको समयमा दमकल जान नसक्दा ठूलो नोक्सानी हुने गरेको थियो । तर उपलब्ध उपकरणका कारण केही राहत मिलेको इन्जार्च खड्काको भनाइ छ । पहिले दमकलमा पानी भर्न कार्यालयमा पुग्नुपर्ने अवस्था भएकामा अहिले पानी भर्ने स्टेसन निर्माण गरिएकाले सहज भएको उल्लेख गर्दै यस्ता स्टेसन अझै बढाउन आवश्यक भएको बताए । उक्त स्टेसन विपीचोकको गुरुद्वारा क्षेत्रमा रहेको छ ।
“आगलागी भएको अवस्थामा पानी भर्न करिब २० मिनेट समय खर्च हुन्छ, त्यस्तो अवस्थामा ओभरहेड ट्याङ्की भए पानी भर्न छिटो हुन्छ”, खड्काले भने । अझै पनि उपमहानगर क्षेत्रका एकलैनी तथा वडा नं ३ र ७ मा साँघुरा सडक भएकाले ती सडकमा दमकल नजाने भएकाले त्यस्ता ठाउँमा पुग्ने ‘मिनी दमकल’ आवश्यक भएकामा जोड दिँदै उनले विद्युतीय तार र जथाभावी पार्किङका कारण दमकललाई सडकमा हिँड्न अप्ठेरो भएको बताए ।
“साइरन बजाए पनि नागरिक सचेत नभएका कारण बाटोमा जथाभावी हुने गाडी पार्किङले दमकल निश्चित ठाउँमा जान नसक्दा आगलागीबाट क्षति भइसकेको हुन्छ,” उनले भने ।
नेपालगञ्ज उपमहानगरले २०७१, २०७६ र २०७७ सालमा दमकल खरिद गरेको थियो । तीमध्ये एउटामा पाँच हजार पाँच सय लिटर तथा अर्कोमा पाँच हजार लिटर पानी अट्छ । तेस्रो दमकल चार हजार पाँच सय लिटर क्षमताको छ । कोहलपुर नगरपालिकाले २०७४ वैशाख र नरैनापुर गाउँपालिकाले २०७५ जेठमा दमकल किनेका थिए । यिनै पाँच दमकल जिल्लाका अन्य स्थानीय तह र भारतमा समेत आगो निभाउन प्रयोग गर्ने गरिएका छन् । यी भएका दमकलमा पनि पर्याप्त जनशक्ति छैनन् ।
दमकल शाखामा कार्यरत फायर म्यान जुबेर हल्वाइ भन्छन्, “एउटा दमकल सञ्चालन गर्दा कम्तीमा पनि एक चालक, एक इन्चार्ज र चार फायर म्यान गरी ६ जना चाहिन्छ ।” नेपालगञ्जमा तीन दमकलका लागि तीन चालक मात्र छन् । एक जना बिदामा बस्दा दमकल चलाउने अर्को व्यक्ति नै हुँदैन । सुपर परियोजना बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले दमकल सेवामा कार्यरत जनशक्तिको क्षमता बढाउने र उनीहरूलाई आवश्यक सुरक्षाका सामग्री सहयोग गरी दमकल सेवालाई प्रभावकारी बनाइएको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया