Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘बाआमा’लाई लालबन्दीको भाषा तथा साहित्य पुरस्कार

‘बाआमा’लाई लालबन्दीको भाषा तथा साहित्य पुरस्कार


सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ ‘बाआमा’ आख्यानलाई प्रदान गर्ने भएको छ । स्वतन्त्र विज्ञसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट १० कृतिमध्येबाट रामलाल जोशीकृत ‘बाआमा’ आख्यान पुरस्कारका लागि छनोट भएको हो ।

पुरस्कार छनोट समितिले पुरस्कारका लागि ‘बाआमा’ सिफारिस गरेको परिषद्ले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८०’ का लागि उत्कृष्ट दश कृतिहरू २०८० भदौ ९ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।

यस्तै, ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार –२०८०’ नेपाली भाषा तथा साहित्य सेवक एवम् अध्यापक देवराज पौडेलले पाउने भएका छन् । लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कारको राशि १० हजार रुपैयाँ र लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार (राष्ट्रिय) को पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ । सो पुरस्कार आगामी कात्तिक १८ गते वितरण गरिने परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया